भवानी घिमिरे साहित्यिक प्रतिष्ठानको पदाधिकारी टोलीले २०७५ साल असोज ०९ गते सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसँग भेटघाट गर्यो । प्रतिष्ठानका अध्यक्ष सरोज ओलीको नेतृत्वमा गएको टोलीले भवानी घिमिरे साहित्यिक प्रतिष्ठानका गतिबिधि एवं संस्थाको वर्तमान अवस्थाका बारेमा मन्त्रीज्यूलाई अवगत गरायो । माननीय मन्त्री रविन्द्र अधिकारी भवानी घिमिरेसँगका केही यादहरु स्मरण गर्नु भयो ।
No comments:
Post a Comment